चितवन खबर पोष्ट

एमाले माडीको अध्यक्षमा नारायण अधिकारी पुनर्चयन, उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा हर्क चापागाईं

माडी, चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी पुनर्चयन हुनुभएको छ । त्यस्तै नगर उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं तथा उपसचिवमा कृष्णराज अधिकारी र गीता बि.क. चयन हुनुभएको छ ।

माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको सभाहलमा सम्पन्न तेश्रो नगर अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ६७ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन भएको हो । आइतबार राती करीब १०:१५ बजे एमाले केन्द्रीय सदस्य समेत रहनुभएको निर्वाचन कमिटिसम्बद्ध नेता यमबहादुर परियार इन्द्रजितले पदाधिकारीहरुको नामावली सार्वजनिक गर्नुभएको हो ।

पदाधिकारी सहित नगर कमिटि चयन गर्दै सो अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६, जनवर्गिय संगठनहरुबाट २४, मनोनित १० र हालको नगर कमिटिका सबै ७५ जना गरी कूल २०८ जना प्रतिनिधि एवं केहि पर्यवेक्षकहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया