कला-साहित्य पोष्ट

प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने

माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् ।

माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा माडी कला, साहित्य तथा साँस्कृतिक मञ्च, बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर युथ क्लब, माडी इभेन्ट्स लगायतका संघसंस्थाहरुको सहयोगमा होली पर्वको सन्दर्भ पारी आयोजित १० दिन दोश्रो साँस्कृतिक तथा पर्यटन मेलामा नृत्याङ्गना प्रिती पासवान र नायक पल शाहको विशेष प्रस्तुति रहने भएको हो ।

मेला फागुन २२ गते विहिबारदेखि चैत्र २ गते शनिवारसम्म बसन्तपुर बजारस्थित माडी मा.वि.को (खुला) चौरमा सञ्चालन हुने भएको माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले जनाउनुभयो । मेलामा कृषि उपज प्रदर्शनी, माडीका स्थानीय उत्पादनहरुको विशेष प्रदर्शनी, बाल उद्यान र मुख्य आकर्षणका रुपमा वाटर टनेल समेत रहने उहाँले जनाउनुभयो ।

मेलामा नेपाली जनगायक जीवन शर्मा र गायकहरु दुर्गेश थापा, बद्री पंगेनी, अनु चौधरी, एलिना चौहान, हेमन्त शर्मा, पशुपति शर्मा, ज्योति मगर, श्याम राना, र्यापर जिबब र मिस्टर डी लगायतको प्रस्तुति रहने निश्चित भइसकेको र थप चर्चित कलाकारहरुसंग समन्वय भइरहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार