खेल र खेलाडी पोष्ट

आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै

माडी, चितवन । माडीको बसन्तपुरमा जारी आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै आएको छ । प्रतियोगिता अन्तरगत बुधबार (भोलि) पहिलो सेमीफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललित राजवंशी पूर्वी चितवनको पारिजात क्रिकेट क्लबबाट खेल्दैछन् ।

त्यस्तै नेपालका स्टार बलर रिजन ढकाल तथा चर्चित व्याट्सम्यान मयन यादव समेत पारिजात क्रिकेट टीमको खेलाडी सुचिमा रहेका छन् । सोही खेलमा चर्चित क्रिकेटरहरु अर्जुन घर्ती, प्रतिक श्रेष्ठ, गौतम के.सी., शंकर राना, दीपेश श्रेष्ठ लगायतका खेलाडीहरुको समेत सहभागिता रहँदैछ ।

आठौं वातासिनो माडी क्रिकेट कपको हालसम्मका खेलमा राष्ट्रिय खेलाडीहरु प्रतिश जि.सी., डा. ईशान पाण्डे, सुमित महर्जन, रित गौतम तथा अण्डर नाइन्टिन तथा एन.पि.एल. खेलाडीहरु उत्तम थापामगर, दिपक बाहोरा, दिनेश अधिकारी, मिलन मगर, अरनिको यादव, भुलन सहनी लगायतले खेलिसकेका छन् ।

माडी क्षेत्रको क्रिकेट खेल विकासमा महत्वपूर्ण योगदान रहँदै आएको माडी क्रिकेट कपबाट स्थानीय स्तरमा खेलाडी उत्पादन र खेल प्रवद्र्धन समेत हुँदै आएको छ । माडीबाट उत्पादित (स्थानीय) खेलाडीहरु सुजन चापागाईं, युवराज घिमिरे, अविनाश बस्याल, मन्दीप बराल लगायतले जिल्ला तथा प्रदेशस्तरमा खेल सहभागिता जनाइसकेका छन् भने नयाँ खेलाडीहरु समेत विकास भइरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया