खेल र खेलाडी पोष्ट

दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचाल्यो, माडी ७ उपविजेतामै सिमित

माडी, चितवन । माडी फुटबल खेल विकास समिति आयोजनामा बरुवास्थित स्टार खेल मैदानमा सञ्चालित दोश्रो वडा लीग फुटबल प्रतियोगिताको उपाधी माडी ९ ले उचालेको छ ।

मंगलबार साँझपख सकिएको फाइनल स्पर्धामा माडी ९ ले माडी ७ लाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएसंगै टाइब्रेकरमा धकेलिएको खेलमा ४-३ गोलअन्तरबाट माडी-९ ले बाजी मारेको हो ।

जीतसंगै माडी ९ ले नगद रु. ५० हजार र उपविजेता बनेको माडी ७ ले नगद रु. २५ हजारका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । माडीका स्थानीय खेलाडीहरुको पहिचान र गुणस्तर सुधारका निम्ति सो वडास्तरीय फुटबल लीग स्पर्धा सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया