

माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभाईं पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुलाई गोठ व्यवस्थापन, स्वच्छ दुध उत्पादन, गोठको फोहोर व्यवस्थापन, आहारा व्यवस्थापन, परालको उपचार, युरिया मोलासिस मिनरल ब्लक बनाउने सिकाई एवं पशु प्रजनन सम्बन्धी विकृतिहरुबारे जानकारी दिइएको थियो ।

तालिममा पशुपंक्षी सेवा शाखा प्रमुख डा. रबिन बस्ताकोटीसहित डा. सन्देश पौडेल, हरि अवस्थी र मोहनदत्त रानाभाटले तालिम सिकाई गराउनुभएको शाखाले जनाएको छ । यसैगरी बुधबारबाट व्यवसायिक बंगुरपालन सम्बन्धी तालिम सञ्चालन हुन लागेको जनाइएको छ ।
