माडी (स्थानीय) खबर पोष्ट

माडीका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालित

चितवन । माडीका सामुदायिक कार्यकर्ता र स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सञ्चालन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा र माडी नगरपालिकाकोे आयोजना तथा माडीका रेडक्रस उपशाखाहरुको समन्वयमा सो कार्यक्रम माघ २८ देखि ३० गतेसम्म होटल प्याराडाइजमा सञ्चालन भएको हो । आत्महत्या न्यूनीकरण र जनचेतना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भएको रेडक्रस बघाैंडा उपशाखाका सभापति रामबन्धु पोखरेलले बताउनुभयो ।

तालिम कार्यक्रममा माडीका सामुदायिक अगुवाहरू एवं स्वास्थ्यकर्मीहरू सहभागी रहेका थिए । तालिममा मानसिक स्वास्थ्य समस्या, आत्महत्याको जोखिम चिन्ने तरिका, रोकथामका उपाय, परामर्श विधि एवंमनोसामाजिक सहयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मनोसामाजिक शाखा अधिकृत प्रदिप सुबेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार