

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

यस्तै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको दिनुभयो । महानगरले खेल क्षेत्रको विकासको लागि वर्षेनी छुटाउने बजेटलाई वृद्धि गर्दै लिएर गएको उहाँको भनाइ थियो ।

प्रतियोगितामा १८ विधाका खेलहरु हुने शिक्षा महाशाखा प्रमुख महेन्द्र सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ८६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा २ हजार ६ सय ६३ जना विद्यार्थीले सहभागिता जनाएका छन् । जसमध्ये १ हजार ५ सय ५७ छात्र र १ हजार ७६ जना छात्रा छन् ।
