खेल र खेलाडी पोष्ट

पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम माडी क्रिकेट कपको फाइनलमा

माडी, चितवन । राष्ट्रिय खेलाडीहरुले भरिएको सनसनीपूर्ण स्पर्धामा पारिजात क्रिकेट क्लबलाई पराजित गर्दै ई-प्लानेट क्रिकेट टीम फाइनल प्रवेश गरेको छ । बसन्तपुर युथ क्लबद्वारा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा २ विकेटको जीत दर्ता गर्दै ई-प्लानेट क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिलो व्याटिङ गरेको पारिजात १७ औं ओभरमा अलआउट हुँदै १३६ रनको योगफल जोडेको थियो । जवाफी व्याटिङका उत्रदा ई-प्लानेटले १९.२ ओभरमा ८ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको हो । २१ बलमा ३४ रन बनाएका ई-प्लानेटका गौतम के.सी. खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।

खेलमा स्टार प्लेयर ललित राजवंशीले पारिजातका लागि ५ विकेट लिएपनि त्यो जीतका लागि पर्याप्त भएन । प्रतियोगिताको दोश्रो सेमीफाइनलमा बिहीबार (भोलि) देवचुली नगरपालिकाको क्रिकेट टिम र मिक्समाण्डु क्रिकेट क्लब, काठमाडौं भिँड्नेछन् । फाइनल खेल फागुन ३ गते शनिवार सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार