चितवन खबर पोष्ट

महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजित

माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन १४ गते बुधबारका दिन शंख बजाउने प्रतियोगिता हुने भएको हो ।

मौलिक कला संस्कृतिको जगेर्ना गर्न र लोप हुने अवस्थामा पुगेको शंखप्रति युवापुस्ताको ध्यान तान्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था सम्बद्ध युवा अगुवा हिरा पौडेलले जानकारी दिनुभयो ।

सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ गतबर्ष माडीमा ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को सम्पन्न भएकोमा भव्य रुपमा सफल भएको थियो । प्रतियोगिताको दोश्रो संस्करण यसबर्ष गर्न लागिएकोमा सहभागिता र अवलोकनका लागि आयोजकले सार्वजनिक अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार