खेल र खेलाडी पोष्ट

बसन्तपुर युथ क्लबका उपाध्यक्ष अर्याललाई पितृशोक, खेलाडीहरुले गरे कालो पट्टी बाँधी शोक प्रकट

माडी, चितवन । आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष रविन्द्र अर्याललाई पितृशोक परेसंगै आठौं वातासिनो माडी क्रिकेट कप प्रतियोगिताको बुधबार (आज)का खेलमा खेलाडीहरुले कालो पट्टी बाँधेर शोक प्रकट गरेका छन् ।

प्रतियोगिताको आयोजक संस्था रहेको बसन्तपुर युथ क्लबका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका शिक्षक अर्यालको बुबा, माडीका अपांग अधिकारकर्मी भोजराज अर्यालको गएराती निधन भएको थियो । त्यसको शोकमा क्लबका पदाधिकारी एवं खेलाडी सबैले हातमा कालो पट्टी बाँधेर खेल व्यवस्थापन एवं प्रदर्शन गरेका हुन् ।

शोकका सन्दर्भमा खेल सुरु हुनुपूर्व एक मिनेट मौनधारण समेत गरिएको थियो । कुनै पनि खेलमा शोक मनाउँदा हात वा जर्सीमाथि कालो पट्टी बाँधेर खेल्ने प्रचलन रहेको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सबैखाले खेलहरुमा शोकको सन्दर्भमा मौनधारण गरी कालो पट्टी लगाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार