

माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता–२०८१ को समुद्घाटन खेलमा ईप्लानेट क्रिकेट क्लब भरतपुर विजयी भएको छ ।

टस जितेर बलिङ रोज्दै इप्लानेटले रत्ननगर क्रिकेट क्लबलाई व्याटिङको निम्तो दिएकोमा इप्लानेटले ९ विकेट गुमाउँदै १२१ रनको योगफल बनाएको थियो । १२२ रनको लक्ष्य पछ्याएको ईप्लानेटले ९ ओभरको खेलमै २ विकेटको क्षतीमा जित दर्ता गर्दै दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।

खेलको म्यान अफ द म्याच ईप्लानेटका जेनिस महत घोषित हुनुभयो । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालित सो खेल प्रतियोगिता अन्तरगत आइतबार (भोलि) माडी–११ क्रिकेट टीम र देवचुली नगरपालिका (क्रिकेट टीम) भिँड्ने खेल तालिका रहेको छ ।
