चितवन खबर पोष्ट

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा

माडी, चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलको भरतपुर महानगरपालिकामा उपसचिव तहको जिम्मेवारीमा सरुवा भएको हो ।

कपिलबस्तु नगरपालिकाबाट २०७९ फागुन २ गते सरुवा भई माडी आउनुभएका पौडेलले सो बर्ष फागुन १५ गतेबाट कार्यभार सुरु गर्नुभएको थियो । २ बर्षसम्म माडी नगरको प्रशासनिक नेतृत्व गरेसंगै उहाँको गृहनगर भरतपुरमै सुरुवा भएको हो । योसंगै रिक्त हुने माडी नगरपालिकाको प्रमुख प्रशासकीय पदमा नियुक्त हुने नयाँ अधिकारीको टुंगो भने लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

ताजा समाचार