चितवन खबर पोष्ट

माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी शिविरमा १०३ जनाले लिए स्वास्थ्य सेवा

माडी, चितवन । माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी निःशुल्क शिविरमा १०३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपार्क (नारायणगढ)संगै नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, सोमेश्वर माध्यमिक विद्यालय बरुवा र माडी योग समितिको आयोजनामा सोमेश्वर माध्यमिक विद्यालय प्राङ्गणमा सो शिविर सञ्चालन भएको हो ।

शिविरमा डा. अशोक कुमार महतो, डा. शिवम् जयसवाल, ल्याब टेक्निनिसयन नबिन महतो र कविराज पुष्पाञ्जली चौधरीले स्वास्थ्य उपचार गर्नुभएको नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाका सभापति बिन्दु महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार