

माडी, चितवन । चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन हुनुभएको छ ।

शनिवार माडीको अध्योध्यापुरी मध्यवर्ती शिवद्वार होमस्टेकोे सभाहलमा सम्पन्न पुन समाजको अधिवेशन कार्यक्रमबाट धनबहादुर गर्बुजा पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा हरि खोरजा पुन, सचिवमा आइत बहादुर पाईजा पुन, सह सचिवमा सुक बहादुर पहरे पुन र कोषाध्यक्षमा मन्जित गर्बुजा पुन चुनिनु भएको हो ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा देबकी पुन, खिम बहादुर पुर्जा पुन, टेक बहादुर पुर्जा पुन, चित्र कुमारी अर्मजा पुन, ठग बहादुर पाईजा पुन, फतिमाया पुर्जा पुन, धन बहादुर गर्बुजा पुन, नर बहादुर सिङ्गहिना पुन, तुल बहादुर गर्बुजा पुन र मेख बहादुर गर्बुजा पुन चयन हुनुभएको छ । पुन भेलामा जिल्लाभरीबाट ठूलो संख्यामा सहभागिता रहेको थियो ।
