

माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ ।

फागुन १३ गते शोभायात्रा सहित समुद्घाटन हुने मेलाको औपचारिक समुद्घाटनका लागि पूर्व उपप्रधानमन्त्री एवं विभागीय मन्त्री रहिसक्नुभएका नेता प्रकाशले गर्ने तय भएको मेलाका सह-संयोजक संजय महतोले जनाउनुभयो ।

मेलामा चर्चित गायक कलाकारहरु दुर्गेश थापा, शान्तिश्री परियार, शान्ति रानी परियार, अञ्जु कुश्मी, गौरव चापागाईं, आशिका रानामगर, अदिति पुनमगर लगायतको सहभागिता रहँदैछ । थारु समाज समूह र शान्ति आमा समूहको संयुक्त आयोजनामा सञ्चालन हुने सो मेला फागुन १७ गतेसम्म स्टार खेल मैदान, बरुवा बजारमा सञ्चालन हुनेछ ।
