

९ चैत्र, माडी – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको शहीद स्तम्भ र दिवाकर भुसालको शालिकमा माल्यार्पण गर्नुका साथै सितलपुर एकता स्तम्भ अवलोकन गर्नुभएको छ ।

माओवादी केन्द्रद्वारा सञ्चालित ‘तराई-मधेस जागरण अभियान’ अन्तर्गत (हाल) माडीमा रहनुभएका ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका केन्द्रीय नेताहरुले माडी-३, बसन्तपुर बजारस्थित जनयुद्धका शहीदहरुको स्मृति स्तम्भ एवं दिवाकर बाटिकास्थित दिवाकर भुसालको शालिकमा मार्ल्यापण र माडी-४, सितलपुरस्थित एकता स्तम्भको अवलोकन गरेका हुन् ।

कार्यक्रममा सो पार्टीका शीर्ष नेताहरू, स्थानीय जनप्रतिनिधि र पार्टी सम्वद्ध स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अभियानमा संलग्न नेताहरु हाल (यो समाचार तयार पार्दासम्म), माडी-२, चिरौलीमा जनताको घरमा खाने खाने क्रममा रहेका छन् ।

अब, बिहान करीब ११ बजे बरुवा बजारमा कोणसभा तथा दिउँसो १२ः३० बजे भरतपुर-२३, जगतपुर बजारस्थित कसरा चोकमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र माडी नगरले जनाएको हो । ठोरीहुँदै गएसाँझ माडी आउनुभएका प्रचण्ड सहितका नेताहरु माडीमै बास बस्नुका साथै बिहान मर्निङ वाक गरेका थिए ।