

माडी चितवन – बर्षेनी लाखौं भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरण प्रतिवन्धित गरिएको छ ।

पछिल्लो समय मुख्यतः भारतीय र केहि नेपाली दर्शनार्थीहरु समेत सोमेश्वरगढीको दर्शन वा अवलोकनका लागि पुग्ने क्रममा मदिरासेवन गर्ने र त्यहाँ पूजा सामग्री विक्रीका गर्न बस्ने व्यवसायीहरुले मदिराको विक्रीवितरण समेत गर्ने गरेको गुनासोबिच यसबर्षदेखि निषेध गरिएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

सोमेश्वरगढीमा यसबर्ष चैत शुक्ल प्रतिपदा अर्थात चैत १७ गतेबाट भव्य रामनवमी चैतेदशैं मेला लाग्दैछ । मेलामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरु पुग्ने गरेका छन् । पूजा र मेलाको व्यवस्थापन अन्तरगत समितिले सोमेश्वर कालीका मन्दिरसम्मै पानीको व्यवस्था, औषधी उपचारको प्रवन्ध, सरसफाई, प्रसाद व्यवस्थापन र पंक्तिबद्ध आवतजावतको प्रवन्ध मिलाएको समितिका अध्यक्ष पिताम्बर पोखरेलले जनाउनुभयो ।
