चितवन खबर पोष्ट

क्षेत्रीको परिवारको अटेरी: माडीको चैनपुरस्थित पर्यटन मार्ग पुनः अवरुद्ध

माडी नगरपालिका वडा नं.–१, चैनपुरस्थित पर्यटनमार्ग पुनः बन्द भएको छ । स्थानीय लाल बहादुर क्षेत्रीको परिवारले सडक अवरोधलाई निरन्तरता दिँदै बाटो बन्द गरिदिएको हो ।

गत पौष २१ गते प्रहरीको उपस्थितिमा माडी नगरपालिकाको निर्माण साधनहरुले सो बाटो खुला गरेका थिए । त्यसअघि पनि क्षेत्री परिवारले पर्यटनमार्गको करीब १५० मिटर ट्रयाक खुलाउन नदिई बाटो अवरुद्ध राखेका थियो ।

सो बाटोमा परेको (ऐलानी) जमीन भोगचलन गरिआएको सो परिवारले त्यहाँ बाटो बनाउन नपाइने जिकिर गर्दै बाटो निर्माण कार्य रोकेसंगै उनको जमीनको भाग छाडेर बाहिरपट्टीबाट बाटो निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार