कृषि र कृषक पोष्ट

माडी नगरपालिकामा दुधको उत्पादन प्रतिदिन ४६०० लिटर, खपत १६०० र निर्यात ३००० लिटर

माडी, चितवन — माडी नगरपालिकामा हाल दुधको उत्पादन ४६०० लिटर प्रतिदिन रहेको छ । त्यसमध्ये १६०० लिटर दुध माडीमा खपत हुने र ३ हजार लिटर दुध दैनिक निर्यात हुनेगरेको छ ।

गौरवको योजनाका रुपमा खोरेत मुक्त सेतो माडी अभियानलाई अगाडि बढाउन सोमबार आयोजित हस्ताक्षर अभियानका क्रममा बोल्दै सेतो माडी अभियानका अभियन्ता एवं दुग्ध व्यवसायी ओमनाथ पाण्डेले सो जानकारी साझा गर्नुभयो ।

माडी नगरपालिकामा हाल प्रतिदिन १० हजार लिटर दुध उत्पादनको क्षमता रहेको पाण्डेले औंल्याउनुभयो । तर यसका लागि सबै वडाहरुमा कृषक एवं दुग्ध संकलन केन्द्रहरु खटिनुपर्ने उहाँको भनाई थियो । नगर क्षेत्रमा सबैभन्दा धेरै दुध उत्पादन भने माडी-२, भैरवपुर क्षेत्रमा रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा दुग्ध किसानका समस्या समेत जानकारी गराउँदै उहाँले दुग्ध उत्पादक कृषकहरुले विगत आधा बर्षदेखि भुक्तानी पाउन नसकेको सार्वजनिक गर्नुभयो । माडी नगरपालिकाले दुधमा प्रतिलिटर ४ रुपैंया अनुदानको व्यवस्था गरेपनि बजेटको लक्ष्य अनुरुप अझै दुध संकलन हुन नसकेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार