

माडी, चितवन — विद्यालय शिक्षा ऐन लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन उत्कर्षमा रहँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा आएको हो । ऐनका विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच मतान्तर रहेको देखिएपनि स्वास्थ्यका कारण जनाउँदै मन्त्री भट्टराईले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

