देश-प्रदेश खबर पोष्ट

प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित

माडी, चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित भएको छ । बालुवाटारमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनुभएको हो ।

यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । निजामती र स्थानीय तहका कर्मचारी वा उपलब्ध अन्य संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । तर, प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिनुभएसंगै बोर्डले बैठक बसेर परीक्षा सारेको छ । परीक्षाको नयाँ तालिका भने भोलि (बुधबार) प्रकाशन गर्ने जनाइएको छ ।

हाल, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । कक्षा १२ को परीक्षा आउन दुई दिन मात्रै बाँकी रहेको अवस्थामा आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नसकी परीक्षा सारेको छ । यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको अवस्था छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार