माडी (स्थानीय) खबर पोष्ट

बाटोमा आइफोन भेटेका माडी एक दम्पतीले सम्बन्धित फोनधनीलाई सकुशल फिर्ता

माडी, चितवन । आइफोन एक्स भेटेका माडी एक दम्पतीले सम्बन्धित धनीलाई सकुशल फिर्ता गर्नुभएको छ । आईतबार दिउँसोको समयमा रौतनि पुलको बाटोमा भुइँमा खसेको अवस्थामा भेटेको मोबाईल बोकेर माडी -५ ब्रह्मपूरी निवासी सरिता सुवेदी र सुर्य सुवेदी दम्पती स्वदेश एफ.एम.को कार्यालयमा आउनुभयो ।

‘मोबाईल हराएका मानिस पीरमा होलान्’ भन्ने पीर मान्दै स्वदेशमा आउनुभएका उहाँद्वयले उपलब्ध गराउनुभएको मोबाइलमा फोन आए पश्चात स्वदेश एफएमको कार्यालयमा बुझाएको जानकारी गराउनुभयो । त्यसपश्चात मोबाईल धनि, माडी-६, रामराज्यपुर निवासी क्रिस गुरुङ स्वदेश एफ.एम.को कार्यालय, पुरानो बजार, बसन्तपुरमा आउनुभई मोबाइल बुझ्‌नुभयो । उहाँले मोबाइल फिर्ता गर्नुभएका सुवेदी दम्पतीलाई धेरै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

माडी–५ निवासी सुवेदी दम्पती कृषक तथा गृहिणी हुनुहुन्छ । भेटेको मोबाइल फिर्ता गरेर सुवेदी दम्पतीले उच्च नैतिकता र ईमान्दारिको नमूना प्रस्तुत गर्नुभएको र यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने स्वदेश एफ.एम.का स्टेशन म्यानेजर दिप्ती बिश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार