

माडी, चितवन | माडी नगरपालिकाले नगर क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा पूर्वस्वीकृति नलिई कार्य नगर्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम नक्सा पास गरेर मात्र भवन निर्माण कार्य अघि बढाउन सकिने उल्लेख गरिएको छ ।

नगर प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालद्वारा हस्ताक्षरित सूचनामा यस प्रक्रियाको पालना नगरी गरिने कुनै पनि निर्माण कार्य ऐनको दफा ३२ अनुसार गैरकानुनी ठहरिने भएकाले कानुनी कारबाही र जरिवाना समेत गरिने चेतावनी दिइएको हो ।

माडी नगरपालिकाले यसअघि पनि घरनक्सा पास गरी भुकम्प प्रतिराधी तवरबाटमात्रै भवन निर्माण गर्न सुचना प्रकाशित गरेको छ । पछिल्लो पटक २०७९ चैत १७ गतेसमेतय यस्तै व्यहोराको सुचना जारी भएको थियो । तर त्यसको व्यवहारिक कार्यान्वयन पक्षमा भने पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन ।
