माडी (स्थानीय) खबर पोष्ट

माडीको गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन

माडी, चितवन | माडी नगरपालिका वडा नं. ९ स्थित गोविन्दबस्ती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मण सुनार चयन हुनुभएको छ ।

विद्यालयमा आइतबार सम्पन्न एक कार्यक्रममार्फत सुनारको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समितिमा दल बहादुर बोहोरा, विमल प्रजा, सुनिता नेपाली, सरिता सुनार र टेक बहादुर दुरा सदस्यका रूपमा चयन हुनुभएको छ।

माडी–९, बगहीँ निवासी सुनार स्थानीय सामाजिक अगुवा हुनुका साथै पेशाले ट्रयाक्टर व्यवसायी समेत हुनुहुन्छ । नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, भौतिक पूर्वाधार विकास गर्ने र अभिभावक तथा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार