

माडी, चितवन | नगर परीक्षा समिति माडीले सञ्चालन गरेको कक्षा ५ को स्तरीकरण परीक्षामा माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयका विद्यार्थीद्वय (संयुक्त रुपमा) प्रथम भएका छन् ।

आइतबार साँझ प्रकाशित नतिजाअनुसार माडी माविका रिहान महतो र दिवाकर स्मृति माविकी रक्षा बश्यालले समान ९८ अंक प्राप्त गर्दै (संयुक्त रूपमा) प्रथम स्थानमा रहेका हुन् ।

त्यस्तै, दक्षिण कालिका आधारभूत विद्यालय देबेन्द्रपुरका पुष्पा सापकोटासंगै माडी माविकै पुजा माझी र दिवाकर स्मृति मा.वि.कै नुनाशा अधिकारले समान ९६ अंकसहित (संयुक्त रुपमा) दोस्रो स्थान हासिल गरेका छन् ।

यसबाहेक, राष्ट्रिय आधारभूत विद्यालय कीर्तनपुरका मनिष जि.सी र प्राश्ना प्रसाईं एवं बघौंडा आधारभूत विद्यालयका ऋतिक महतो समान ९४ अंकसहित (संयुक्त रुपमा) तेश्रो हुन सफल भएका छन् ।
अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयमा सञ्चालित नगरस्तरीय परीक्षाको नतिजा प्रकाशन भएको हो । विद्यालयहरूलाई ई–मेलमार्फत नतिजा पठाइएको जनाइएको समितिका सचिव रामप्रसाद भण्डारीले जनाउनुभयो ।