

माडी, चितवन | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबाट उपाध्यक्ष पदमा माडीका बुद्धिसागर सुवेदी चयन हुनुभएको छ ।

काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले उपाध्यक्ष पदमा सुवेदीलाई चयन गरेको हो । महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको थियो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा हाल संयुक्त राज्य अमेरिकामा रहनुहुने सुवेदीसहित सुनिल कुमार साह, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) र विश्वास दीप लिम्बु (तिगेला) रहनुभएको छ ।

त्यस्तै, उपाध्यक्ष (महिला) जुनु गुरुङ र महासचिव बाबुराम (बीआर) लामा, सचिव चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, सचिव (महिला) देवकी खत्री गुरुङ, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ ।
माडी नगरपालिका-५, ब्रह्मपुरी निवासी सुवेदी यसअघि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय समितिको महासचिव समेत रहनुभएको थियो ।