धर्म-संस्कृति पोष्ट

माडी नगरपालिका वडा नं. ४ द्वारा ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान

माडी, चितवन | माडी नगरपालिका वडा नं. ४ को आयोजनामा वडा निवासी ८० वर्षमाथिका ज्येष्ठ नागरिक एवं पूर्ण अपाङ्ग व्यक्तिहरुलाई विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कुल ६५ मध्ये ५८ जना ज्येष्ठ नागरिक तथा ७ जना ‘क’ वर्गका पूर्ण अपाङ्गहरुलाई प्रमाणपत्र तथा नगद सहित सम्मान गरिएको वडाले जनाएको छ । समाजप्रतिको योगदान, अनुभव र प्रेरणालाई सम्मान गर्दै जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरूप्रति सम्मान गरिएको वडाध्यक्ष माधव चापागाईंले बताउनुभयो ।

वडा स्तरीय जेष्ठ नागरिक समितिका अध्यक्ष खेमराज अधिकारीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमकोे प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतो रहनुभएको थियो भने वडाध्यक्ष चापागाईं र वडा निवासी प्रमुख ज्येष्ठ नागरिक रघुनथिया देवी थरुनीको विशिष्ट आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार