चितवन खबर पोष्ट

माडीमा शनि जयन्ती मनाउन पं. सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन

माडी, चितवन — माडीको अग्रणी धार्मिकस्थल शनि मन्दिरमा शनि जयन्ती उत्सव मनाउन पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

सोमबार मन्दिर परिसरमा बसेको धाम समितिको बैठकबाट सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति र १३ सदस्यीय सचिवालय समिति गठन भएको हो ।

त्यस्तै, पण्डित बाबुराम अधिकारीको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति, कमला काफ्‌लेको संयोजकत्वमा आर्थिक उपसमिति, बिष्णुप्रसाद काफ्‌लेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र गोमा थापाको संयोजकत्वमा सरसफाई उपसमिति गठन भएका छन् ।

यसैगरी, अर्जुन बहादुर शाही ठकुरीको संयोजकत्वमा भजन उपसमिति, नवराज सापकोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, लक्ष्मीदेवी घिमिरेको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति, भुवानी आचार्यको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, मीनबहादुर गुरुङको संयोजकत्वमा स्वयम्‌सेवक उपसमिति र खडानन्द काफ्‌लेको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति गठन भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार