माडी (स्थानीय) खबर पोष्ट

माडीमा भित्री सडक कालोपत्रे गरिँदा ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा

चितवन, माडी — माडीको बरुवा बजारस्थित भित्री सडक कालोपत्रे गरिँदा नेपाल विध्युत प्राधिकरणको ३३ के.भी. हाइटेन्सन लाइनको पोल बाटोको बिचमा परेको छ ।

बरुवा बजारस्थित थारु टोलबाट सोमेश्वर माध्यमिक विद्यालय निक्लने भित्री सडकमा हालै कालोपत्रे हुँदा हाइटेन्सन (मेन) लाइनको पोल बाटोको बिचमा परेको हो । पोल सार्न प्रदेश देखि केन्द्र तहसम्मै धाउनुपर्ने र शुल्क पनि बुझाउनुपर्ने भएसंगै ठेकदार पक्ष पोल सार्नपट्टी नलागी काम सकेर बाहिरिएको बुझिन्छ ।

१८० मिटर लम्बाइ र ३ मिटर चौडाइ कालोपत्रे हुने स्टीमेट रहेको सो सडकमा विवादै विवादका बिच कालोपत्रे कार्य अगाडि बढेको थियो । बाटो खोलेदेखि नै ३ मिटरमात्रै चौडाइ रहेको सो सडकमा पहिले नै घरहरु बनिसकेको अवस्थाबिच स्थानीयको विवाद हुँदा केहि भागमा कालोपत्रे नगरी छोडिएको छ भने कालोपत्रे भएको स्थानमा पोल बिचमा परेको छ । विवाद नगरपालिकाको न्यायिक विभागमा दर्ता रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार