

माडी, चितवन — नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श संस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ ।
माडीका रक्तदान अभियन्ता हरि न्यौपाने र साहित्यसर्जक विपिन पाठकसहित पत्रकार राजु चौधरी र रक्तदान अभियन्ता अर्जुन अधिकारीको संयुक्त लगानीमा सो शैक्षिक परामर्श संस्था स्थापना भएको हो ।

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक सञ्चालनमा आएको हो । जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जनाउनुभयो ।

चितवन लगायत आसपासका जिल्लाहरुका विद्यार्थीलाई सहज पहुच होस् भन्ने उदेश्यले चितवनलाई नै केन्द्रबिन्दु बनाएर कन्सलटेन्सी सन्चालन ल्याईको उहाँको भनाई छ । आज उद्घाटनको अवसरमा निदान प्याथालोजीको प्राविधिक सहयोगमा निस्शुल्का स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।