

माडी, चितवन — आफ्नो उपचारमा निरन्तर सहयोग गर्दै आउनुभएका माया मुलर सहितका अष्ट्रियन सहयोगदाताहरुलाई माडीका सहयोगग्राही बिरामीहरुले धन्यवाद व्यक्त गरेका छन् ।
मुलरले निरन्तर उपचार सहयोग गर्दै आउनुभएका माडी-४, सिधुवा गाउँ निवासी निकेश महतो एवं माडी-१ भंगता निवासी सजिना परियारको परिवारले धन्यवाद व्यक्त गर्नुभयो ।

२३ बर्षका महतो बोनम्यारो क्यान्सर पीडित बिपन्न युवा हुन् । त्यस्तै, ९ बर्षिया परियार समेत दीर्घकालीन रोगपीडित विपन्न परिवार सदस्य हुन् । बरुवा बजारमा माइती रहेका मुलरको पहलमा महतोलाई यसपटक ३० हजार र परियारलाई १५ हजार रुपैंया उपचार सहयोग गरिएको हो ।

यसैगरी माडी-१, अम्वाबास निवासी बर्ष ४१ का किशनी महतोलाई ३० हजार, बरुवा निवासी बर्ष १२ का सुवर्ण महतोलाई ३० हजार र रक्तक्यान्सर पीडित माडी-५ ब्रह्मपुरी निवासी नैनादेवी भट्टराईलाई २५ हजार रुपैंया उपचार सहयोग गरिएको थियो ।
त्यसैगरी, माडी-६ रामराज्यपुरका ४२ बर्षीय श्याम बहादुर मगरलाई २० हजार, माडी-१ द्रौपतिनगर निवासी ७१ बर्षका रामबहादुर तामाङलाई २० हजार र बरुवा शिविर टोल निवासी ५३ बर्षका बिष्णुमाया कामीलाई २० हजार रुपैंया उपचार सहयोग भएको वडाध्यक्ष अमित कुमार लामाले जनाउनुभयो ।