चितवन खबर पोष्ट

मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत सहयोग गरिंदै

माडी, चितवन — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम बढेको छ ।

माडी–७ कृतनपुर निवासी अनिल सुवेदी र रञ्जिता भट्टराईले आफ्नो विवाह समारोहको अवसरमा प्रीतिभोज स्वरूप बालग्राममा आश्रित बालबालिकालाई एक छाक खाना खुवाउनु भएको छ ।

यस्तै, माडी–५ निवासी दीपक पौडेल र पवित्रा पौडेलले आफ्नो छोरी अदिति पौडेलको जन्मदिनको अवसरमा बालग्राममा रहेका बालबालिकालाई भोजन गराई जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण गर्नुभएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता कार्यहरूमा स्थानीयको सक्रियता बढ्दै जानु प्रेरणादायक रहेको भन्दै बालग्रामका व्यवस्थापक टीका आचार्यले सहयोगी दातालाई धन्यबाद ज्ञापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार