चितवन खबर पोष्ट

भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम

माडी, चितवन — माडीसंग भगिनी सम्बन्ध रहेको भरतपुर महानगरपालिकाले डोल्पाको मुड्केचुला गाउँपालिकासंग भगिनी सम्बन्ध कायम भएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको महानगरले इमेलमार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार