चितवन खबर पोष्ट

माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न

माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्‍याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त आयोजनामा उहाँको पारिवारिक निवास भरतपुर-७ मा शोकसभा सम्पन्न भएको हो ।

जनजीवन माध्यमिक विद्यालयमा महत्त्वपूर्ण शैक्षिक योगदान गर्नुभएका शिक्षक केसी पछिल्लो समय भरतपुरमा निवृत्त जीवन बिताउँदै आउनुभएको थियो । सामाजिक कार्यमा समेत उल्लेखनीय योगदान पुर्‍याउनुभएका दिवंगत शिक्षक केसी २४ गते बुधबार काठमाण्डौमा निधन भएकाे थियाे ।

अत्यन्त कर्मठ र सम्मानित जीवन व्यतित गर्नुभएका दिवंगत शिक्षक केसीकाे जीवनी निवृत्त शिक्षक समाजका सचिव तारानाथ चापागाई र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारदमणि पौडेलले प्रकाश पार्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक अमृता केसीको अध्यक्षतामा साे सभा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

ताजा समाचार