माडी (स्थानीय) खबर पोष्ट

जनकल्याण मा.वि.ले कक्षा ८को परीक्षामा माडी प्रथम भएकी प्रमिशा पौडेललाई नगद सहित सम्मान

माडी, चितवन — जनकल्याण माध्यमिक विद्यालयले नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेललाई नगद सहित सम्मान गरेको छ ।

पौडेल ३.९८ जि.पि.ए. सहित माडी नगरस्तरमा प्रथम हुन सफल हुनुभएको थियो । विद्यालयको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला २०८१ को अवसर पारी विद्यालयले छात्रा पौडेललाई नगद ५ हजार रुपैयाँ, कदरपत्र र शैक्षिक सामग्री सहित सम्मान गरेको हो ।

त्यसैगरी, सोही कार्यक्रमबिच, २.८ जीपीएभन्दा माथि ल्याउने करिब ३०० जना विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित पुरस्कृत गरिएको विद्यालयका शिक्षक अमृत गायकले जनाउनुभयो । विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष यमप्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगर प्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार