

माडी, चितवन — विद्यार्थीहरुबिच अंग्रेजी भाषामा बोलीचालीको अभ्यास गराउने प्रयासमा माडीको खैरहनी माध्यमिक विद्यालयले इंग्लिश स्पिकिङ क्लब गठन गरेको छ ।
बुधबार विद्यालयमा सम्पन्न अभिभावक भेलाको अवसरमा आधारभूतदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुको सहभागितामा ३५ सदस्यीय इंग्लिश स्पिकिङ क्लबको स्थापना भएको हो । नवगठित क्लबको अध्यक्षमा मतियास महतो, उपाध्यक्षमा सिसम चालिसे, सचिवमा बिवस देवकोटा, सह-सचिबमा ममता महतो, कोषाध्यक्षमा उषा भुजेल चुनिनु भएको छ ।

विद्यार्थीहरुमा अंग्रेजी बोल्ने आत्मविश्वास वृद्धि गर्नुका साथै अन्तरक्रियात्मक सिकाई प्रविधिलाई प्रवर्धन गर्न सो प्रयास गरिएको विद्यालयका सह–प्रधानाध्यापक सन्तोष दाहालले बताउनु भयो । पछिल्लो समय माडीका सामुदायिक विद्यालयहरुले अंग्रेजी भाषामा शिक्षणलाई प्राथमिकता दिन थालेका छन् ।
