चितवन खबर पोष्ट

अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग

माडी, चितवन — माडी–८ बैकुण्ठ क्षेत्रस्थित अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग गर्नुभएको छ ।

जापानस्थित तान्वारा मिहो वेलफेयर सोसाइटीका प्रमुख समेत रहनुभएका उहाँले बौद्ध बिहार निर्माणस्थलमा हालसम्म भएका सम्पूर्ण निर्माण एवं साजसज्जा कार्यमा भएको लागत खर्चस्वरुप व्यक्तिगत तवरबाट सो सहयोग गर्नुभएको हो । जापानी पत्रकार एवं समाजसेवी तान्वाराको विशेष पहल र सहयोगमा सो विहारमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको छ ।

यसबाहेक बौद्ध विहार निर्माण समितिका अध्यक्ष कृष्ण अधिकारी, उपाध्यक्ष मोहन आलेमगर र स्थानीयबासी जुना रानामगरले जनही प्रतिमहिना १/१ हजार तथा बैकुण्ठेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट अध्यक्ष मोहन अधिकारीबाट मासिक २ हजार रुपैंया नियमित सहयोगको समेत घोषणा भएको छ । सो रकमबाट एकजना संरक्षक नियुक्त गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार