बिपद-जोखिम पोष्ट

माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति

माडी, चितवन — माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति पुर्‍याएको छ । हावाहुरीका कारण माडी–३, बघौंडामा निर्माणाधीन अवस्थामा रहेको सो कभर्ड हलको बार हावाहुरीले उडाएको हो ।

हावाहुरीको कारण हलको फलामे बार तथा केही संरचनात्मक भागमा क्षति पुगेको छ । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । हावाहुरीकै कारण साँझपख चितवन राष्ट्रिय निकुञजभित्र रुख ढलेर केहि समय सडक अवरुद्ध रहेको थियो ।

मौसम विभागले अझै केही दिन हावाहुरीको सम्भावना रहेको जनाएको छ । हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन प्रहरी र माडी नगरपालिकाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया