चितवन खबर पोष्ट

जेठाथी पूजाको तयारीस्वरुप माडी-५ वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई

माडी, चितवन — जेठाथी पूजाको तयारीस्वरुप माडी नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ ।

आउँदो जेठ ६ गते आयोजित जेठाथी पूजा (जेष्ठ महिनामा हुने थारु परम्परागत पूजा)को तयारीस्वरूप वडाध्यक्ष गणेश प्रसाद विश्वकर्माको संयोजकत्वमा समग्र सोमेश्वरगढी क्षेत्र सरसफाई गरिएको हो । कार्यक्रममा वडा नं. ५ का टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रम अन्तर्गत वातावरणीय सौन्दर्य कायम राख्न झाडी सफाई, फोहोर व्यवस्थापन तथा पर्खाल र ढुंगाहरूको सफाई गरिएको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो ।

राम्ररी बर्षा भई खेतीबाली सप्रियोस र कुनै रोगब्याधीले नसताओस् भन्ने प्रार्थना सहित जेष्ठ महिनामा दक्ष गुरौद्वारा जेठाथी पूजा गर्ने र त्यसपश्चात सोमेश्वर कालीकालाई धन्यवाद स्वरुप कार्तिक महिनामा पुनः अर्को पूजा गर्ने प्रचलन रहेको थारु अगुवाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार