

माडी, चितवन — माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसिएको छ । नयाँ पुलको निर्माण हुनुअघि निर्माण भएको मल्टीसेल बक्स कल्भर्ट मोडलको एकतर्फी पुरानो पुलको दक्षिणी भाग लच्चिएको हो ।
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत रीउ नदी क्षेत्रमै सो पुलमाथिबाट नै सवारी साधन सञ्चालन हुनेगरेको छ । पुलबाट ठूला भारका सवारी साधनसमेत चल्ने गरेकोमा जुनसुकै बेला दुर्घटनाको जोखिम बढेको हो ।

पुल रहेको भाग मर्मत वा सो खण्डमा भुईं फिलिङका लागि माडी नगरपालिका र डिभिजन सडक कार्यालयले यसअघि नै योजना निर्माण गरिसकेपनि काम सुरु भएको छैन । सो पुरानो पुल खण्डको मर्मतमा तत्कालै ध्यान पुर्याउन आवश्यक देखिएको छ ।
