चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जको कसरा चेकपोष्टस्थित सार्वजनिक शौचालय फोहोर र दुर्व्यवस्थित

चितवन, माडी — चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार कसरा चेकपोष्टमा रहेको नवनिर्मित सुविधासम्पन्न सार्वजनिक शौचालय अत्यन्त फोहोर र दुर्व्यवस्थित अवस्थामा पुगेको छ।

दैनिक सयौँ पर्यटक तथा यात्रुहरूको आवागमन हुने सो स्थानकोे शौचालयको सरसफाइ नहुँदा दुर्गन्ध फैलिएको हो । फोहोरको थुप्रो, पानीका बोतल, प्रयोग गरेका, प्याड, गुड्का भोला खाएर फोहोर,पानीको अभावकोे समस्या र नियमित सरसफाइ नहुँदा शौचालय प्रयोग गर्नै नसक्ने बनेको छ।

निकुञ्ज प्रवेशद्वारकोे शौचालयमा यस्तो दुर्व्यवस्था हुनु न केवल पर्यटकका लागि असहज, बरु निकुञ्जको पर्यटन प्रतिष्ठाका लागि समेत घातक बन्न सक्छ। तसर्थ, सम्बन्धित निकाय र शौचालय प्रयोगकर्ता यात्रुहरुले समेत यसप्रति तत्काल ध्यान दिन जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार