चितवन खबर पोष्ट

हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्या सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुँदै

चितवन, माडी – हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ ।

बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा आउँदो जेष्ठ १० गते शनिबार बसन्तपुर बजारस्थित बघौंडा अस्पतालमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

अण्डकोष वरिपरि पानी जमेर गाँठा देखिनु, गाँण वा लचिलो खालको सुजन हुनु तथा असहज एवं दुखाई हुनु हाइड्रोसिलका लक्षण हुन् । त्यस्तै, पेट वा पेटको तल्लो भागमा गाँठा देखिनु, उठ्दा हाँस्दा वा भारी बोक्दा गाँठा बढ्नु र असहज एवं भारी हुनु हर्नियाका लक्षण हुन् । यसैगरी योनीबाट मासु झर्नु, ढाड दुख्नु र यौन सम्बन्धमा असजिलो हुनु आँङ खस्ने समस्याका लक्षण हुन् ।

यसैविच, शिविरको तयारी र सम्बन्धित विरामीहरुलाई जानकारी प्रवाहका उद्देश्यले सोमबार माडी नगरपालिकामा एक अन्तरक्रिया सञ्चालन भएको छ । शिविर सम्बन्धी पूर्व तयारी बैठकमा माडी नगरप्रमुख ताराकाजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालसहित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्‌सेविका र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार