चितवन खबर पोष्ट

बकुलहर रत्ननगर अस्पतालद्वारा माडीमा सञचालित स्वास्थ्य शिविरमा ११९ जना लाभान्वित

माडी, चितवन — हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ११९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा शनिबार बसन्तपुर बजारस्थित बघौंडा अस्पतालमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले एक संक्षिप्त कार्यक्रमबिच शिविरको उद्घाटन गर्नुभएको थियो ।

शिविरमा सहभागी रहँदै ८८ महिला र ३१ पुरुषले उपचार सेवा लिएका हुन् । उनीहरुमध्ये १९ जनामा हर्निया, ४ जनामा हाइड्रोसिल र १४ जनामा आङ खस्ने समस्या पहिचान भएको छ ।

रोगको पहिचान भएका ३३ जनाको शल्यक्रिया गर्नुपर्ने र ४ जनाको नपर्ने अवस्था रहेको आयोजक स्वास्थ्य संस्था (बकुलहर रत्ननगर अस्पताल)का मेडिकल सुपरिटेन्डेण्ट डा. मदन ज्ञवालीले जनाउनुभयो ।

शिविरमा जनरल सर्जन डा. दिपेन्द्र कुमार मल्लिक, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रमेश पौडेल र रेडियोलोजिष्ट डा. विशेष लामिछानेले स्वास्थ्य परीक्षण तथा उपचार परामर्श गर्नुभएको अस्पतालका सिनियर अहेव अफिसर नारायण ढुङ्गानाले जानकारी दिनुभयो । (फोटो: शिविरमा स्वास्थ्य परीक्षण र लामवद्ध बिरामीहरू)

तपाईको प्रतिक्रिया

ताजा समाचार