माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न सुचना

माडी, चितवन — नेपालकै एकमात्र इको नगरपालिकाका रुपमा परिचित माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न स्थानीय व्यवसायीहरुलाई सार्वजनिक अनुरोध गरेको छ ।

वातावरणीय प्रदूषण नियन्त्रण गर्दै वातावरणमैत्री पालिका बनाउने उद्देश्य अनुरुप माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत भुसाल हस्ताक्षरित एक सार्वजनिक सुचनामार्फत पालिकाले उद्योग वाणिज्य संघ माडी र चितवन उद्योग संघ माडी इकाईलाई सो अनुरोध गरेको हो ।

सो सुचना अनुसार, नगर क्षेत्रभित्र किचनमा प्रयोग हुने ‘युज एणड थ्रो’ प्रकृतिका प्लेट, गिलास, चम्चा, थाल लगायतका प्लाष्टिकका भाँडाकुँडा तथा २० माइक्रोनभन्दा कम मोटाइ भएका कालो प्लाष्टिक झोलाको प्रयोग तथा विक्रीवितरण गर्न पाइनेछैन ।

यसअघि नगरको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री र कालो प्लाष्टिक झोला पालिका क्षेत्रमा बिक्री वितरण गर्न नपाउने सम्बन्धी जानकारी दिन एक महिनाको समयावधि दिई सूचना प्रसारण तथा प्रकाशन गर्ने साथै सो समयावधि समाप्त पश्चात उक्त सामाग्री बिक्री वितरणमा रोक लगाउने’ निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार