

माडी, चितवन — माडी क्षेत्रमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघरको अध्यक्षमा मनरुपा पौडेल चयन हुनुभएको छ । विहीबार भरतपुरस्थित भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौँ वार्षिक साधारण–सभाबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमिति उपाध्यक्षमा देवी शर्मा पौडेल, सचिवमा संगीता अधिकारी, सहसचिवमा गायत्री भुसाल र कोषाध्यक्षमा यशोदा अर्याल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा सावित्री ढुंगाना, तारा तिवारी, पवित्रा पौडेल, अप्सरा बुढाथोकी र निर्मला रेग्मी रहनुभएको छ ।

माडी क्षेत्रका चेलीहरूको एकता, आत्मीयता र सामाजिक दायित्वप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापित संस्था सो संस्थाले मुख्यतः माडी (माइती) क्षेत्रमा सामाजिक सेवाको कार्यहरु सञ्चालनको उद्देश्य राखेको छ ।

अध्यक्ष चयन भएसंगै पौडेलले आगामी दिनमा संस्थाको औपचारिक सीमाभन्दा बाहिर घरेलु हिंसा, बालविवाह, अशिक्षा, गरिबी र सामाजिक विभेदविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
यसैगरी, देश–विदेशमा रहनुभएका माडी मूलकी महिलाबीच सशक्त सञ्जाल निर्माण, सीपमूलक तालिम, आत्मनिर्भरता प्रवद्र्धन र अन्तर्राष्ट्रिय तहमा संस्थाको पहिचान विस्तार गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।