चितवन खबर पोष्ट

संघीय सरकारबाट ०८२/०८३ मा माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान

माडी, चितवन – संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माडी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड ८३ लाख, सशर्त अनुदानतर्फ ३२ करोड ११ लाख, विशेष अनुदानतर्फ १ करोड ९० लाख र समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ अनुदान पाउने भएको हो ।

चितवनका सातवटै स्थानीय तहलाई गरी कुल ५ अर्ब १ करोड १८ लाख रुपैयाँको अनुदान बाँडफाँट गरिएको देखिन्छ । चितवनमा भरतपुर महानगरपालिकाले सबैभन्दा धेरै २ अर्ब ३६ लाख पाउँदा, सबैभन्दा कम अनुदान कालिका नगरपालिकाले ४३ करोड १ लाख रुपैयाँ पाएको हुनेछ ।

भरतपुर महानगरले समानीकरण अनुदानतर्फ ४० करोड ८३ लाख, सशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ४५ लाख, विशेष अनुदानतर्फ १ करोड ४३ लाख र समपुरक अनुदानतर्फ ६५ लाख रुपैयाँ अनुदान पाउनेछ ।

यसैगरी रत्ननगर नगरपालिकाले कुल ५८ करोड ८२ लाख रुपैयाँ, राप्ती नगरपालिकाले ५४ करोड, खैरहनी नगरपालिकाले ५० करोड ३२ लाख र कालिका नगरपालिकाले ४३ करोड एक लाख रुपैयाँ अनुदान पाउनेछ । यस्तै, चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ४६ करोड ६३ लाख रुपैयाँ अनुदान पाउनेछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार