

माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् ।
सोमध्ये ओठ तथा तालु फाटेका दुई, आगोले जलेर शरीरको एक भागसंग अर्को भाग जोडिए कुँजो भएका एक र जन्मजातै औंला जोडिएका एकजना गरी कूल ४ जना बिरामीहरु निःशुल्क शल्यक्रियाका लागि छनौट भएका छन् ।


छनौट भएका बिरामीहरुलाई आउँदो असार ६ गते भरतपुरस्थित पुरानो मेडिकल कलेजमा शल्यक्रिया एवं उपचार हुनेछ । कीर्तिपुर अस्पताल, फेक्ट नेपाल र रिसर्ज इन्टरनेशनलको संयुक्त आयोजना तथा माडी नगरपालिका, बघौंडा अस्पताल, स्वदेश एफ.एम. र अपांगता समाज माडीको सहकार्यमा सो छनौट शिविर सञ्चालन भएको हो ।
