कृषि र कृषक पोष्ट

माडी नगरको पशु विकास नीति : खोरेतमुक्त सेतो माडी अभियान, दुधमा प्रतिलिटर ४ रूपैंया अनुदान

माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा ‘खोरेतमुक्त सेतो माडी अभियान’ सुरू गर्ने घोषणा सहित ‘व्यवसायिक पशुपालन विकास र दुग्ध प्रवर्द्धन कार्यक्रम’लाई उच्च प्राथमिकतामा राख्ने भएको छ ।

नगरको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रममा “व्यवसायिक पशुपालनः आत्मनिर्भर पशुजन्य उत्पादन” भन्ने नारा अन्तरगत ‘कृषकबाट संकलन गरिएको कच्चा दुधलाई सहकारी संस्थामार्फत प्रशोधन, प्याकेजिङ तथा ब्राण्डिङ’ गर्नेसम्मको कार्यक्रम समेटिएको हो ।

यसबाहेक नीति तथा कार्यक्रममा खोरेत र रेबिज रोग नियन्त्रण, गाईभैंसीको उन्नत जात प्रजनन, पोषण व्यवस्थापन, सन्तुलित आहार प्रवर्द्धन, मोबाइल टोलीमार्फत पशुसेवा सेवा प्रवाह, घरदैलो पशु स्वास्थ्य शिविर आदि कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ ।

यसबाहेक माछा उत्पादन बढाउन पोखरी तथा जलस्रोतको दोहोरो उपयोग गरिने र माडी माछा जस्ता ब्राण्ड सिर्जना गरी प्रशोधन, प्याकेजिङ र बजारिकण समेत गर्ने उल्लेख छ । नगरसभाले दुधमा प्रतिलिटर ४ रुपैंया अनुदान सहित पशुपंक्षी तथा मत्स्य विकास (विषयगत शाखा)का लागि १ करोड २० लाख रुपैंयाका विभिन्न १५ वटा कार्यक्रमहरु समेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार