चितवन खबर पोष्ट

माडी नगरको पर्यटन नीति : प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना

माडी, चितवन । माडी नगरपालिकाले स्थानीय पर्यटन विकासका लागि देशका प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना गर्ने भएको छ ।

माडी नगरपालिकाको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्थानीय पर्यटन विकासलाई प्राथमिकतामा राख्दै प्रत्येक वडामा आवश्यक पर्यटन पूर्वाधार निर्माण कार्य अघि बढाइने योजनासहित सो कार्यक्रम अगाडि सारेको हो ।

पारित नीति तथा कार्यक्रममा, सोमेश्वरधाम लगायतका ऐतिहासिक तथा धार्मिकस्थलहरूको स्तरीकरण गरिने, गोद्धकदेखि परशुराम कुण्ड हुँदै वाल्मीकि आश्रमसम्म ट्रेकिङ ट्रेल निर्माण र पर्यटकीय पदमार्गको विकास गर्ने तथा सामुदायिक होमस्टेहरूमा सांस्कृतिक भवन निर्माण गरिने उल्लेख रहेको छ ।

यसबाहेक, भगिनी सम्बन्ध रहेको भरतपुर महानगरपालिकासंगको सहकार्यमा माडीको सिमरा गाउँलाई ‘माडी-भरतपुर संगतिया गाउँ’को रूपमा विकास गरिने योजना अघि बढाइएको छ । पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र प्रतियोगिता र भ्लगरहरुको सम्मेलन गर्ने समेत उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार