

माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन जिल्ला समितिले बुधबार (आज)देखि माडी क्षेत्रमा हस्ताक्षर संकलन अभियान सञ्चालन सुरु गरेको छ ।
जिल्लाव्यापि हस्ताक्षर संकलन अभियान अन्तरगत माडीमा समेत संकलन सुरु गरिएको र सो अभियानमा माडीबासीहरुको उत्साहजनक सहभागिता रहेको रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले बताउनुभयो । बुधबार मात्रै ८५० भन्दा धेरै माडीबासीले हस्ताक्षर गरेको उहाँले जनाउनुभयो ।

पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले त्यसका विरुद्ध हाल देशव्यापि हस्ताक्षर अभियान चलाइरहेको छ । चितवनका अन्य पालिकाहरुमा समेत अभियान सञ्चालन गरिएका छन् । लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको लागि सदनका साथै सडकमा पुगिएको रास्वपा नेताहरुले बताउने गरेका छन् ।
